काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

प्रतिनिधिसभाः विपक्षीसँग पनि परामर्श गर्न अध्यक्ष राईको आग्रह

1.51K
shares

काठमाडौँ श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नीति तथा कार्यक्रम र बजेट तुर्जमाको छलफलमा सत्ता पक्षले विपक्षीसँग पनि परामर्श गर्नुपर्ने बताएका छन ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा भाग लिँदै अध्यक्ष राईले देश बनाउने मामिलामा सत्ता पक्ष र विपक्ष एकै सिक्काका दुई पाटा भएकाले सहकार्य गर्न आग्रह गरे।

उनले सबै खालको विकासको जराका रुपमा नीतिलाई लिनुपर्ने र सही विषयका पक्षमा अभिमत प्रकट गर्न सक्ने चेतना विकास गर्न आग्रह गर्नुभयो । उहाँले नीति तथा कार्यक्रममा गहन र पर्याप्त छलफल गर्न पनि सुझाव दिए ।