global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ राहत कोटाका शिक्षकलाई स्थायी दरबन्दीमा ल्याउन महावीर पुनको आग्रह (भिडियो सहित)

राहत कोटाका शिक्षकलाई स्थायी दरबन्दीमा ल्याउन महावीर पुनको आग्रह (भिडियो सहित)

राहत कोटाका शिक्षकलाई स्थायी दरबन्दीमा ल्याउन महावीर पुनको आग्रह (भिडियो सहित)

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले माध्यमिक शिक्षामा शिक्षक दरबन्दी बृद्धि नगरिएको विषय उठाउँदै राहत कोटाका शिक्षकलाई स्थायी दरबन्दीमा रूपान्तरण गर्न सरकारसँग आग्रह गरेका छन् ।
बिहीबार सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद पुनले २०५६ सालयता माध्यमिक तहमा शिक्षक दरबन्दी नबढाइएको उल्लेख गरे । उनले हाल करिब ४५ हजार शिक्षक राहत कोटामा कार्यरत रहेको भन्दै उनीहरूलाई स्थायी कोटामा समायोजन गर्नुपर्ने बताए ।
उनले भने, ‘शिक्षामा सुधार गर्नको लागि माध्यमिक शिक्षामा २०५६ सालदेखि शिक्षकको दरबन्दी बढाइएको छैन । राहत कोटा भनेर करिब ४५ हजार शिक्षकहरु छन् । त्यसलाई कोटामै बदलियोस् । राहत कोटामा बसेको शिक्षकले राम्ररी पढाउँदै पढाउँदैनन्, किनभने उसले अर्को जागिर खोजिरहेको हुन्छ, बाँच्नको लागि अर्को उपाय खोजिरहेको हुन्छ ।’
सांसद पुनले संसद्मा आफू विद्यार्थीको भूमिकामा रहेको उल्लेख गर्दै आफूलाई ‘माननीय’ नठान्ने पनि बताए । उनले संसद्मा विभिन्न सांसदबाट धेरै कुरा सिक्न पाएको उल्लेख गरे ।
उनले भने, ‘दुर्भाग्यवश हिजो पढाइ भएन, आज पढ्न पाइयो र आज धेरै पढ्न पाइयो । विभिन्न माननीयज्यूहरुबाट धेरै आदेशहरु, उपदेशहरु सुन्न पाइयो । धन्यवाद छ ।’

प्रकाशित समय : १७:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु