global ime bank Long Banner Ad

गृहपृष्ठ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन प्रति सांसद थापाको प्रश्न

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन प्रति सांसद थापाको प्रश्न

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन प्रति सांसद थापाको प्रश्न

काठमाडौं । सांसद डा. लेखजंग थापाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै ठूलो राष्ट्रिय लगानी हुँदाहुँदै पनि विमानस्थल अपेक्षित रूपमा सञ्चालन हुन नसकेको बताए ।

उनले विमानस्थल पूर्वाधारतर्फ करिब १० अर्ब रुपैयाँ लगानी भएको र २३ अर्ब रुपैयाँ बराबरको जग्गा उपलब्ध गराइएको उल्लेख गर्दै यति ठूलो राष्ट्रिय लगानी हुँदाहुँदै पनि विमानस्थल अपेक्षित रूपमा सञ्चालन हुन नसकेको बताए ।

उनले भने ‘गौतमबुद्ध इन्टरनेस्नल एर्पोट पुर्वधार तर्फ १० अर्बको क्यापेट यसमा २३ अर्बको जग्गाको दिइसको छौँ । यति मात्र नभएर सयौँ घरहरूले राष्ट्रिलाई विस्वास गरेर सरकारलाई सुम्पिएको सम्पत्ति आज राम्रोसँग चलाउन नपाउँदा यो वाइट एलिफेन्टको रूपमा परिनत भएको छ । कानुनी र नैतिक दुवै दृष्टिले गलत भएको छ ।’

सांसद थापाले सयौँ स्थानीय परिवारहरूले राष्ट्रको विकासमा विश्वास गरेर आफ्नो सम्पत्ति सरकारलाई सुम्पिएको स्मरण गराउँदै हाल विमानस्थल “ह्वाइट एलिफेन्ट” को अवस्थामा पुगेको टिप्पणी गरे । उनले यस्तो अवस्था कानुनी र नैतिक दुवै दृष्टिले गलत भएको बताए ।

प्रकाशित समय : १४:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु