global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ आईपीएल : बैंगलुरुसँग मुम्बई २ विकेटले पराजित

आईपीएल : बैंगलुरुसँग मुम्बई २ विकेटले पराजित

आईपीएल : बैंगलुरुसँग मुम्बई २ विकेटले पराजित Virat Kohli of Royal Challengers Bengaluru , Rajat Patidar (c) of Royal Challengers Bengaluru Krunal Pandya of Royal Challengers Bengaluru celebrating win during Match 54 of the TATA Indian Premier League 2026 between Royal Challengers Bengaluru and Mumbai Indians at Shaheed Veer Narayan Singh International Cricket Stadium, Raipur, India, on May 10, 2026. Photo by Tamal Das / CREIMAS for IPL

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यलोन्जर्स बैंगलुरुले रोमाञ्चक जित हात पारेको छ ।

गए राति राजपुरमा सम्पन्न खेलमा मुम्बई इन्डियन्सलाई २ विकेटले हराउँदै बैंगलुरु विजयी भएको हो । १६७ रनको लक्ष्य पछ्याएको बैंगलुरुले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा पूरा ग¥यो ।

बैंगलुरुका क्रुणाल पाण्ड्याले ७३ रनको अर्धशतकीय पारी खेले । जकोब बेथेलले २७ रन बनाए । जितेश शर्माले १८ तथा देवदत्त पडिक्कलले १२ रन बनाए । मुम्बईका कोर्बिन बोशले सर्वाधिक ४ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६६ रन बनाएको थियो ।

मुम्बईका तिलक वर्माले ५७ रनको अर्धशतकीइ इनिङ खेले । नमन धिरले ४७, रोहित शर्माले २२, राज बावले १६ तथा विल ज्याक्सले १० रनको योगदान दिए ।

प्रकाशित समय : ०७:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु