global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ आगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट

आगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट

आगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट

काठमाडौँ । सङ्घीय संसद् दुवै सदनको अधिवेशन यही वैशाख २८ गते सोमबारदेखि सुरु हुँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिषद्को सिफारिसमा प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनको अधिवेशन आगामी सोमबार दिउँसो २ः०० बजे सिंहदरबारमा बस्ने गरी आह्वान गरिसकेको छ ।

सङ्घीय संसद्को नयाँ भवन निर्माण सम्पन्न नभएकाले यस पटक पनि प्रतिनिधिभाको बैठक निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय कक्षमा हुने छ । राष्ट्रिय सभाको पनि यसअघिकै संसद् सचिवालयस्थित राष्ट्रिय सभा कक्षमा यो अधिवेशन सञ्चालन हुने छ ।

नयाँ संसद् भवन निर्माणमा संलग्न ठेकेदार कम्पनीले आगामी जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने बेलासम्म प्रतिनिधिसभा कक्ष तयार गरी उपलब्ध गराउने मौखिक सूचना दिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

व्यवस्थितरूपमा नयाँ कक्षबाट बजेट प्रस्तुत गर्न पाइयोस् भनी संसद् सचिवालयले पनि अपेक्षा गरेको छ । निर्माणाधीन प्रतिनिधिसभा कक्षमा हाल रङरोगन, आन्तरिक सजावट तथा नवीनतम् उपकरण जडानलगायत प्राविधिक काम भइरहेको उनले बताए ।

संसद्को यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम तथा राजस्वको आय–व्ययको विवरण (बजेट) प्रस्तुत हुने छ । प्रि–बजेट छलफल, नीति तथा कार्यक्रम, विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्रको ऋण उठाउने विधेयकमाथि छलफल हुने छ ।

जनप्रतिनिधिको माथिल्लो निकायका रूपमा रहने संसद् अधिवेशनका क्रममा दैनिकजसो हुने आकस्मिक, शून्य र विशेष समय तथा प्रश्नोत्तर समयमा सदस्यहरूले समसामयिक विषय प्रवेश गराइ छलफलमा भाग लिनुहुने छ । अधिवेशनका क्रममा पछिल्लो समय जारी भएका अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक सभामा पेस भई अघि बढाइने छ । सामान्यतया यसबिचमा जारी भएका अध्यादेश संसद्को पहिलो बैठक प्रस्तुत हुने छ । पहिलो बैठक बसेको मितिले ६० दिनभित्र ती अध्यादेशको छिनोफानो हुनुपर्छ अन्यथा अध्यादेश स्वतः निस्क्रिय हुने छन् ।

प्रतिनिधिसभामा हाल राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त तीन विधेयक छन् । वैकल्पिक विकास वित्त व्यवस्थापनसम्बन्धी विधेयक, २०८३ प्रतिनिधिसभामा दर्ता छ । राष्ट्रिय सभामा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण)विधेयक, २०८१ विधेयक रहेको छ । त्यस्तै विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन र नियमावली मस्यौदा समितिको प्रतिवेदन पनि प्रतिनिधिसभामा थाँती छन् । रासस

प्रकाशित समय : १३:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु