global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ पार्टी एकतामा जुट्न नेता–कार्यकर्तालाई गुरुराज घिमिरेको आह्वान

पार्टी एकतामा जुट्न नेता–कार्यकर्तालाई गुरुराज घिमिरेको आह्वान

पार्टी एकतामा जुट्न नेता–कार्यकर्तालाई गुरुराज घिमिरेको आह्वान

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीलाई एकताबद्ध बनाउँदै अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले हाल नेपाली कांग्रेस इतिहासकै चुनौतीपूर्ण राजनीतिक मोडमा उभिएको उल्लेख गरेका छन् ।

विशेष महाधिवेशनमार्फत भएको नेतृत्व परिवर्तनलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले वैधानिकता दिइसकेको भन्दै अब त्यस विषयमा पक्ष–विपक्षको बहस आवश्यक नभएको घिमिरेको भनाइ छ । वर्तमान अवस्थामा पार्टीभित्र एकता सुदृढ गर्नु नै मुख्य दायित्व भएको उल्लेख गर्दै उनले विगतका मतभेद र कटुतालाई बिर्सेर अघि बढ्नुपर्ने बताए । उनले निर्धारित समयमै १५औँ महाधिवेशन सम्पन्न गर्न सबैलाई सक्रिय हुन पनि आग्रह गरे ।

प्रकाशित समय : १२:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु