nmb bank

गृहपृष्ठ राष्ट्रपति रनिङ शिल्ड जित्ने खेलाडीलाई प्रोत्साहन

राष्ट्रपति रनिङ शिल्ड जित्ने खेलाडीलाई प्रोत्साहन

राष्ट्रपति रनिङ शिल्ड जित्ने खेलाडीलाई प्रोत्साहन

सुर्खेत । कालिकोटको १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीलाई तिलागुफा नगरपालिकाले पुरस्कृत गरेको छ ।
प्रतियोगितामा सहभागी पालिकाका ८० जना खेलाडीलाई नगद प्रदान गरेको नगरपालिकाका शिक्षा शाखा प्रमूख नविन हमालले बताए । नरहरीनाथ गाउँपालिकामा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तिलागुफा नगरपालिका पहिलो भएको थियो ।

राष्ट्रपति रनिङ शिल्डमा ३० स्वर्ण, ३० रजत र ३० कास्य पदकका लागि प्रतिष्पर्धा भएको थियो । उक्त प्रतिष्पर्धामा तिलागुफाले १५ स्वर्ण, ११ रजत र ५ कास्य गरी ३१ पदक प्राप्त गरी पहिलो स्थान हाँसिल गर्न सफल भएको थियो ।

रनिङ शिल्डमा स्वर्ण पदक विजेता खेलाडीलाई ५ हजार, रजत विजेतालाई ३, कास्य विजेतालाई २ र सहभागीलाई प्रतिव्यक्ति १ हजारका दरले प्रोत्साहन दिइएको नगरपालिकाका प्रमूूख शंकर उपाध्यायले बताए ।

‘रनिङ शिल्डमा ३१ जना पदक विजेता र ८० जना सहभागी खेलाडीलाई नगरपालिकाले प्रोत्साहन गरेको हो’ उनले भने, ‘त्योसंगै नगरपालिकाबाट कर्णाली प्रदेश स्तरीय खेलकुदका लागि एथेलेटिक्सका १८ जना खेलाडी छनोट गरिएको छ ।

प्रकाशित समय : ०९:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु