nmb bank

गृहपृष्ठ गाजामा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु

गाजामा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु

गाजामा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु A view of the rubble of buildings hit by an Israeli airstrike, in Gaza City, Tuesday, Oct. 10, 2023. Israel has launched intense airstrikes in Gaza after the territory's militant rulers carried out an unprecedented attack on Israel Saturday, killing over 900 people and taking captives. Hundreds of Palestinians have been killed in the airstrikes. AP/PTI(AP10_10_2023_000241B)

प्यालेस्टिनी क्षेत्रका विभिन्न स्थानमा प्रहरीलाई लक्षित गरी भएको इजरायली आक्रमणमा कम्तिमा १३ जनाको मृत्यु भएको गाजाको नागरिक रक्षा एजेन्सीले जनाएको छ ।

अक्टोबरको युद्धविरामको बावजुद, इजरायली आक्रमण जारी रहँदा गाजाले दैनिक हिंसाको सामना गर्न बाध्य छ भने इजरायली सेना र हमास दुवैले एकअर्कालाई युद्धविराम तोडेको आरोप लगाएका छन् ।

खान युनिसको अल–मवासी क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा एक बालकसहित आठ जनाको मृत्यु भएको र अन्य धेरै घाइते भएको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।

उत्तरी गाजाको बेत लाहियाको कमल अदवान अस्पताल नजिकैको आवासीय घरमा भएको इजरायली आक्रमणमा आमा र दुई बच्चासहित तीन जनाको मृत्यु भएको जनाइएको छ ।

इजरायली विमानले गाजा सहरको प्रहरी गस्तीमा प्रहार गर्दा दुई जना प्रहरी अधिकारीेको ज्यान लिएको अन्य दुई जना घाइते भएको जनाइएको छ ।

गाजाको अल–सिफा र नासेर अस्पतालले पीडितहरुको नाम प्रकाशित गर्दै मृत्युकको सङ्ख्या पुष्टि गरेको छ ।

युद्धविराम सुरु भएदेखि कम्तिमा ७९२ जना प्यालेस्टिनीहरुको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसै गरी इजरायली सेनाले युद्धविराम सुरु भएदेखि गाजामा पाँच जना सैनिक मारिएको जनाएको छ । रासस

प्रकाशित समय : ११:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु