काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

शिशुवा–खुदीखोला सडक स्तरोन्नति

2.04K
shares

गण्डकी । पोखरा महानगरपालिका–३० शिशुवादेखि खुदीखोलासम्म ४।१४ किलोमिटर सडक विस्तारसँगै स्तरोन्नति पनि गरिएको छ ।

सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत स्तरोन्नति भएको सडकको बिहीबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।

निर्माणाधीन तालचोक–बेगनास सडक आयोजनालाई द्रुत गतिमा कार्यान्वयन गर्न आफू लागिपरेको जानकारी दिँदै  निर्माण कम्पनीलाई आगामी तीन महिनाभित्र काम पूरा गर्न निर्देशन दिइएको बताए ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सडकलाई तनहुँ–लमजुङसम्म विस्तार गर्नुपर्नेमा  जोड दिए ।

विश्व बैंकसँग  ४८ करोड ९६ लाख ३५ हजार २५४ ऋण लिएर निर्माण पूरा भएको सडक आयोजनाका इन्जिनियर नवीन गौतमले बताए । पन्ध्र मिटर चौडा यो सडक  दुई ‘लेन’को छ । यसको किनारमा वर्षाको पानी निकासका निम्ति नाला,साइकल लेन र फुट ‘ट्रयाक’पनि निर्माण गरिएको छ ।