गृहपृष्ठ महान्यायाधिवक्ता कँडेलविरुद्धका उजुरीमाथि सुनुवाइ जारी
महान्यायाधिवक्ता कँडेलविरुद्धका उजुरीमाथि सुनुवाइ जारी
काठमाडौं : महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेलको नियुक्तिको विषयलाई लिएर सर्वोच्च अदालतमा परेका उजुरीमाथि सुनुवाइ भइरहेको छ। उनीविरुद्ध तीनवटा उजुरी दर्ता भएका छन्। तीनवटै उजुरीको न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ भइरहेको हो।
महान्यायाधिवक्ता कँडेलको नियु्क्ति असंवैधानिक दावी गर्दै अधिवक्ताहरू माधव कुमार बस्नेत,दिपकराज जोशी ,शिवराज बरालसमेत लगायतले बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन्। अयोग्य व्यक्तिलाई महान्यायाधिवक्ताजस्तो पदमा नियुक्त गरेको रिट निवेदनमा उल्लेख छ। कँडेलले निरन्तर १५ वर्ष वकालत नगरेको रिट निवेदकको दावी छ।
महान्यायाधिवक्ता हुन कानुनमा स्नातक उपाधि प्राप्त गरी वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतमा कम्तिमा १५ वर्ष निरन्तर वकालत गरेको र वा कम्तिमा १५ वर्षसम्म न्याय वा कानुनको क्षेत्रमा काम गरी विशिष्ट कानुनविदको रुपमा ख्याति प्राप्त गरेको हुनुपर्ने व्यवस्था छ।
राष्ट्रपतिको कार्यालय शितल,प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानमन्त्रीको कार्यालय सिंहदरबार ,नेपाल सरकार मन्त्रिपरिषद् प्रधानमन्त्रिको कार्यालय सिंहदरबार , महान्यायाधिवक्ताको कार्यालय रामशाहपथ र महान्यायाधिवक्ता डा.कँडेललाई रिटमा विपक्षी बनाइएको छ।
प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८२ चैत्र २२ गते डा.कँडेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका थिए।
प्रकाशित समय : १२:४४ बजे



















