nmb bank

गृहपृष्ठ आईपिएल : मुम्बई र चेन्नई प्रतिस्पर्धा गर्दै

आईपिएल : मुम्बई र चेन्नई प्रतिस्पर्धा गर्दै

आईपिएल : मुम्बई र चेन्नई प्रतिस्पर्धा गर्दै

इन्डियन प्रिमियर लिगमा (आईपिएल)मा आज मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ।

मुम्बईमा रहेको वानखडे क्रिकेट स्टेडियामा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजेबाट सुरु हुनेछ। जारी आईपिएलमा यी दुवै टोलीले आफ्नो सातौँ खेल खेल्दै छन्।

समान ६-६ खेल खेलका यी दुवै टोली ४ खेलमा पराजय हुँदा २ खेलमा मात्र जित हात पारेका छन्। बिहीबार वानखडे क्रिकेट स्टेडियमा उत्रिँदा यी दुवै टोलीको लक्ष्य तेस्रो जित हात पार्ने हुनेछ।

दुई खेलमा मात्र विजयी प्राप्त गरेको मुम्बई ४ अंक बटुल्दै खेल तालिकाको सातौँ स्थानमा रहेको छ। त्यस्तै, चेन्नई पनि समान ४ अंंक बटुलेर तालिकाको आठौँ स्थानमा छ।

हालसम्म यी दुई टोली आईपिएलको इतिहासमा ३९ पटक आमने-सामने भएका छन्। मुम्बईले २१ खेल जित्दा चेन्नईले १८ खेलमा जित हासिल गरेको छ।

प्रकाशित समय : १२:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु