गृहपृष्ठ युएईले नेपाललाई दियो १२९ रनको चुनौती
युएईले नेपाललाई दियो १२९ रनको चुनौती
काठमाडौँ । अन्तरराष्ट्रिय टि–ट्वान्टी पुरुष क्रिकेट श्रृङ्लामा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाललाई जितको लागि १२९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धातिर २० ओभरमा आठ विकेट गुमाउँदै १२८ रनको योगफल बनाएको हो ।
सुरुआतमा लगातार विकेट गुमाएपछि यूएई दबाबमा परेको थियो तर खेलको अन्तिमतिर सम्हालिँदै सम्मानजनक स्कोर तयार गर्न सफल भयो । युएईका ओपनर कप्तान मुहम्मद वसीम पहिलो बलमै शून्य रनमा आउट हुँदा यूएईको खराब सुरुआत भयो । त्यसपछि अलिशान शरफु एक र हरप्रीत सिंह पनि एक रनमा नै पवेलियन फर्किए । त्यसपछि अदीब उस्मानीले २२ बलमा ३० रन बनाउँदै इनिङ्स सम्हाल्ने प्रयास गरे पनि लामो समय टिक्न सकेनन् ।
मध्यक्रममा अक्षदीप नाथले उत्कृष्ट ब्याटिङ गर्दै ४२ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ५३ रनको योगदान गर्दै टोलीको स्कोर उकासे । त्यस्तै मुहम्मद अरफानले ३२ रन बनाए भने अन्तिममा मुहम्मद जुहैब ८ रनमा अविजित रहे । नेपालका बलर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा मात्र ६ रन खर्चेर ३ विकेट लिए । हेमन्त धामीले २ विकेट लिए भने नन्दन यादव र शाहब आलमले समान १–१ विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
प्रकाशित समय : १८:५८ बजे



















