nmb bank

गृहपृष्ठ रास्कोटमा इलाका प्रशासन कार्यालय सञ्चालन, ५० हजार नागरिकलाई सेवा सहज हुने

रास्कोटमा इलाका प्रशासन कार्यालय सञ्चालन, ५० हजार नागरिकलाई सेवा सहज हुने

रास्कोटमा इलाका प्रशासन कार्यालय सञ्चालन, ५० हजार नागरिकलाई सेवा सहज हुने

सुर्खेत । आजदेखि कालिकोटको रास्कोट नगरपालिकामा इलाका प्रशासन कार्यालय सञ्चालनमा आउने भएको छ । लामो समयको प्रतीक्षापछि रास्कोटवासीले घर नजिकै प्रशासनिक सेवा पाउने भएका छन् । इलाका प्रशासन कार्यालय सञ्चालनसंगै कालिकोटका चार स्थानीय तहका नागरिकले एक दिनको यात्रामा सदरमुकाम आएर नेपाली नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्र बनाउनु पर्ने सास्ती अन्त्य हुनेछ ।

इलाका प्रशासनबाट रास्कोट नगरपालिका, सान्नि त्रिवेणी, पचालझरना र पलाता गाउँपालिकाका नागरिकलाई सेवा लिन सहज हुनेछ । कर्णालीका पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीले इलाका प्रशासन कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको रास्कोट नगरपालिकाका नगर प्रमूख धर्मराज शाहीले बताए ।

इलाका प्रशासन कार्यालयका लागि कामु शाखा अधिकृत नवराज बमको नेतृत्वमा कर्मचारीहरु खटिएको कालीकोटका प्रजिअ गोकर्णराज सुयलले बताए । ‘आजदेखि रास्कोटबाट सेवा सुरु गर्दैछौं,’ उनले भने, ‘रास्कोट आसपासका बासिन्दालाई सहज हुनेछ ।’ रास्कोटमा इलाका प्रशासन संचालन भएपछि चार पालिकाका ५० हजार बासिन्दालाई सहज हुने सहायक प्रजिअ जनक शर्माले बताए ।

प्रकाशित समय : ०९:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु