global ime bank Long Banner Ad

गृहपृष्ठ धनुषामा अवैध उत्खननको विरोध गर्ने युवकलाई ट्रिप्परले किचेर मारियो

धनुषामा अवैध उत्खननको विरोध गर्ने युवकलाई ट्रिप्परले किचेर मारियो

धनुषामा अवैध उत्खननको विरोध गर्ने युवकलाई ट्रिप्परले किचेर मारियो

धनुषाको मिथिला नगरपालिका ५ स्थित औरही खोलामा अवैध रुपमा वालुवा गिट्टी उत्खननकाे विरोध गरेको भन्दै ट्रिप्पर किचेर एक युवकको हत्या गरिएको छ ।

सोही वडाको श्रीपुरका २५ वर्षीय दिलिप भनिने ओमप्रकाश महतोले अवैध रुपमा उत्खनन् गरेको विरोध गर्दै बिहानै ना ७ ख ६४१३ नम्बरको ट्रिप्परलाई बाटोमै रोकेका थिए । चालकसँग भनाभन भएपछि ट्रिप्परले किचेर उनको हत्या गरिएको स्थानीयले बताएका छन् ।

औरही खोलामा अवैध तरिकाले उत्खनन् भइरहेको भन्दै विरोध गर्दै आएका महतोको शुक्रबार बिहान ४ बजे घरबाट छिमेकी साथी रोशन यादवसँग मर्निङ वाक गएको बेला घर नजिकैको खोलामा ट्रिप्परले किचेर उनको हत्या गरिएको स्थानीय रमेशकुमार महतोले जानकारी दिए ।

हत्या गरिएका महतो भारतमा इन्जिनियरिङ पढ्दै थिए । केही दिन यता विदामा घर आएका थिए । घटनाबारे इलाका प्रहरी कार्यालय ढल्केवरका इस्पेक्टर रामकुमार यादवले प्रहरीको टोली घटनास्थल पुग्दा मृत्यु भइसकेको जनाएकाे छ ।

प्रहरीले घटनास्थलबाट शवको मुचुल्का गरी पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको छ । ट्रिप्परलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय ढल्केवरमा राखिएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक यादवले भने, ‘घटनाको प्रकृति हेर्दा नियोजित रुपमा ट्रिप्परले किचेर हत्या गरेको हुन सक्ने आशंका छ, अहिले अनुसन्धान तीव्र रुपमा भइरहेको छ ।’ खोला उत्खन्न गरिरहेकै स्थानमा ट्रिप्परले किचेर उनको हत्या भएकाे हुनसक्ने प्रहरीले जनाएको छ ।

स्थानीयहरुले घटनाको विरोधमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । ट्रिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।

प्रकाशित समय : १८:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु