global ime bank Long Banner Ad

गृहपृष्ठ ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा र ट्राफिक प्रहरीबीच सहकार्य विस्तार गर्ने सहमति

ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा र ट्राफिक प्रहरीबीच सहकार्य विस्तार गर्ने सहमति

ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा र ट्राफिक प्रहरीबीच सहकार्य विस्तार गर्ने सहमति

काठमाडौँ । नेपाल अटोमोबाइल्स एशोसिएसन (NADA) र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको छ।

आज (२०८३ असार १ गते) नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले ट्राफिक प्रहरी प्रमुखसँग भेटवार्ता गर्दै उपत्यकाको बढ्दो सवारी चाप, ट्राफिक व्यवस्थापनका चुनौती तथा समाधानका उपायहरूबारे विचार–विमर्श गरेको हो।

छलफलका क्रममा सडक दुर्घटना न्यूनीकरण, सवारी चालकको अनुशासन सुधार, जनचेतनामूलक कार्यक्रम विस्तार तथा ट्राफिक व्यवस्थापनमा आधुनिक प्रविधि (AI) को प्रयोग बढाउने विषयमा विशेष जोड दिइएको थियो।

त्यसैगरी, सवारी साधन आयात, सेवा केन्द्र तथा चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता समेत औंल्याइएको छ।

नाडाले ट्राफिक जनचेतनामूलक कार्यक्रमहरूलाई अझ व्यापक बनाउँदै ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। साथै, उपत्यकामा ट्राफिक सुधारका लागि ट्राफिक प्रहरीसँग निरन्तर सहकार्य गर्ने पनि उल्लेख गरिएको छ।

भेटघाटमा ट्राफिक प्रहरी कार्यालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो। दुवै पक्षले आगामी दिनमा संयुक्त कार्यक्रममार्फत सडक सुरक्षा र ट्राफिक व्यवस्थापनलाई थप सुदृढ बनाउने सहमति गरेका छन्।

प्रकाशित समय : १६:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु