गृहपृष्ठ गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड
गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड
काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड प्रदान गरिएको छ। काठमाडौंमा आइतबार आयोजित नवौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) मा उहाँलाई ‘माटोको सुगन्ध’ गीतबाट उक्त अवार्ड प्रदान गरिएको हो।
त्यसैगरी, सोही गीतबाट सिक्किमका जीवन शर्माले सर्वोत्कृष्ट संगीतकारको अवार्ड प्राप्त गर्नुभएको छ।
पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजना तथा इरा प्रोडक्सन प्रालिको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा संगीत, साहित्य, पत्रकारिता, कला, शिक्षा तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
समारोहमा वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल, भुवन चन्द र चैतदेवी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ कलाकार मोहन निरौला, चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, पूर्वअध्यक्ष रविन्द्र खड्का, गायक शिव परियार, सीताराम पोखरेललगायत कलाकार तथा स्रष्टाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा अध्यक्षता माधवराज खरेलले गरेको थियो भने संयोजकको भूमिका कमला जोशीले निर्वाह गरेको थियो। कार्यक्रमको निर्देशन सनम कठायतले गरेको थियो। सो अवसरमा विभिन्न ३० विधामा जुरी अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।
प्रकाशित समय : १५:५८ बजे



















