nmb bank

गृहपृष्ठ मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारीमा अधिकृत तारा मानन्धर नियुक्त

मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारीमा अधिकृत तारा मानन्धर नियुक्त

मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारीमा अधिकृत तारा मानन्धर नियुक्त

काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त भएका छन्। बिहीबार बसेको सञ्चालक समितिको  बैठकले मानन्धरलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको नियुक्ति आउँदो जेठ १ गतेबाट लागू हुनेछ भने कार्यकाल ४ वर्षको हुनेछ।

मानन्धर स्याङ्जाको हरिनास गाउँपालिकाका स्थायी बासिन्दा हुन्। हाल उनी काठमाडौंको टोखामा बसोबास गर्छन्। हाल मुक्तिनाथ विकास बैंकको सीईओमा प्रद्युमन पोखरेल रहेका छन्। उनको कार्यकाल यही वैशाख मसान्तबाट सकिनेछ।

प्रकाशित समय : १४:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु