nmb bank

गृहपृष्ठ इरानसँग वार्ता सफल भए ट्रम्प पाकिस्तान आउने संकेत

इरानसँग वार्ता सफल भए ट्रम्प पाकिस्तान आउने संकेत

इरानसँग वार्ता सफल भए ट्रम्प पाकिस्तान आउने संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित शान्ति वार्ता सफल भएमा सम्झौतामा हस्ताक्षर गर्न पाकिस्तान आउने संकेत दिएका छन् ।

अल जजिराका अनुसार इरानले आफ्नो परमाणु कार्यक्रमसम्बन्धी नयाँ प्रस्ताव अघि सारेपछि रोकिएको वार्ता पुनः सुरु हुने सम्भावना देखिएको छ ।

यसले कूटनीतिक प्रक्रिया अघि बढ्न सक्ने संकेत दिएको छ । ट्रम्पले वार्ता सफल भएमा अन्तिम सम्झौतामा हस्ताक्षर गर्न पाकिस्तान जाने सम्भावना व्यक्त गरे पनि अहिलेको अवस्था त्यस दिशामा धेरै टाढा रहेको विश्लेषण गरिएको छ ।

यसअघि पाकिस्तानमा भएको अमेरिका–इरान वार्ता असफल भएपछि अर्को चरणको छलफलको तयारी भइरहेको जनाइएको छ ।

प्रकाशित समय : १३:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु