nmb bank

गृहपृष्ठ इनड्राइभको नयाँ वर्ष २०८३ को अवसरमा’राइड मोर,विन मोर’ क्याम्पेन

इनड्राइभको नयाँ वर्ष २०८३ को अवसरमा’राइड मोर,विन मोर’ क्याम्पेन

इनड्राइभको नयाँ वर्ष २०८३ को अवसरमा’राइड मोर,विन मोर’ क्याम्पेन

विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर!’ क्याम्पेन ल्याएको छ । यस क्याम्पेन मार्फत प्रयोगकर्ताले इनड्राइभ एपमार्फत राइड बुक गर्दा आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्।

नयाँ वर्षको समयमा परिवार र साथीभाइसँग भेटघाट गर्न धेरै मानिसहरू यात्रा गर्ने भएकाले, इनड्राइभले हरेक यात्रालाई अझ रमाइलो र लाभदायक बनाउने उद्देश्यले यो क्याम्पेन ल्याएको हो। यो क्याम्पेन २०२६ अप्रिल १४ देखि मे ४ सम्म सञ्चालन हुनेछ ।

क्याम्पेनका मुख्य विशेषताहरूः
– १ राइड = १ लक्की– ड्र टिकट
(जति धेरै राइड, उति धेरै जित्ने मौका)

मेगा गिभअवेमा सहभागी हुनः
-राइड सकिएपछि प्रयोगकर्ताले खल्ती एपमार्फत प्रयोगकर्ता खल्तीबाट ड्राइभर खल्तीमा कम्तीमा २ वटा कारोबार गर्नुपर्नेछ ।

आकर्षक पुरस्कारहरूः
– १० वटा अनर एक्स ७ डि स्मार्टफोन (मेगा गिभअवे)

प्रोमो कोड पुरस्कारः
– १,००० जनालाई १५% क्यासब्याक (अधिकतम ५०)
– १,००० जनालाई २०० क्यासब्याकसहित एयरलाइन प्रोमो कोड
– १०० जनालाई खल्ती प्रो मा अपग्रेड

इनड्राइभ नेपालकी कन्ट्री रेप्रेजेन्टेटिभ रीता पोखरेलले भने, “हामी प्रयोगकर्तालाई आफ्नो चालक छान्ने स्वतन्त्रता र उचित भाडा तय गर्ने अवसर दिन्छौं । ‘राइड मोर, विन मोर’ क्याम्पेन मार्फत हामीले आफ्ना प्रयोगकर्ताप्रति धन्यवाद व्यक्त गर्न चाहेका छौं र अझ धेरै मानिसलाई हाम्रो सेवाको अनुभव गराउन चाहन्छौं । जति धेरै राइड गर्नुहुन्छ, उति धेरै जित्ने अवसर पाउनुहुन्छ ।”

खल्तीका चिफ ग्रोथ अफिसर सञ्जीव चन्द्र न्यौपानेले भने, “इनड्राइभसँग सहकार्य गर्न पाउँदा हामी खुसी छौं । डिजिटल भुक्तानीलाई दैनिक यात्रासँग जोडेर हामी यात्रालाई अझ सहज र सुरक्षित बनाउँदैछौं । यसले विशेषगरी चाडपर्वको समयमा प्रयोगकर्तालाई थप सुविधा दिनेछ ।”

यो क्याम्पेन नेपालभरिका सबै प्रयोगकर्ताका लागि खुला रहेको छ । सहभागी हुन क्याम्पेन अवधिभर इनड्राइभ एपमार्फत राइड बुक गरे पुग्छ । लक्की–ड्र हरेक हप्ता हुनेछ र विजेताहरू इनड्राइभका आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेजमार्फत सार्वजनिक गरिनेछ ।

प्रकाशित समय : १८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु