गृहपृष्ठ बागमती प्रदेशसभा बैठकः विधेयक माथि विचार गरियोस भन्ने प्रस्ताव पेस

बागमती प्रदेशसभा बैठकः विधेयक माथि विचार गरियोस भन्ने प्रस्ताव पेस

बागमती प्रदेशसभा बैठकः विधेयक माथि विचार गरियोस भन्ने प्रस्ताव पेस

मकवानपुर । बागमती प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेश लोक सेवा आयोगको छैटौँ वार्षिक प्रतिवेदन २०८१/०८२ पेस गरेका छन ।

त्यसैगरी आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश आर्थिक कार्यविधि तथा वित्तिय उत्तर दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२, माथि विचार गरियोस भन्ने प्रस्ताव पेस गरे ।

उक्त बैठकमा खानेपानी, ऊर्जा र सिँचाइमन्त्री कृष्णकुमार तामाङले प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२, माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईंले प्रदेशसभाको अर्को बैठक आगामी वैशाख ६ गते बस्ने गरी आजको बैठक स्थगित गरेकी छन ।

प्रकाशित समय : १८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु