global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ आदिवासीमाथि भएको विभेद सच्याउन सरकारसँग सांसद तामाङको माग

आदिवासीमाथि भएको विभेद सच्याउन सरकारसँग सांसद तामाङको माग

आदिवासीमाथि भएको विभेद सच्याउन सरकारसँग सांसद तामाङको माग

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद परशुराम तामाङले आदिवासी समुदायमाथि भएको विभेदप्रति सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले गोर्खा राज्य विस्तारको क्रममा आदिवासी समुदायको पुर्खेली भूमि खोस्ने ,मातृभाषा निषेध गर्ने, धर्म र संस्कृति प्रति घृणा गर्ने र राज्यसत्ताबाटै बञ्चित गरिएको गुनासो गरे । सांसद तामाङले विगतमा बनेका जातीय कानुनहरूले आदिवासी समुदायमाथि गम्भीर अन्याय गरेको पनि बताए ।

उनले भने, ‘म यस्तो समुदायप्रति सदन र सरकारको ध्यान आकर्षण गर्दछु, जसको गोर्खा राज्यले दिन एकबाटै स्वशासन र पुर्खेली भूमि खोस्यो, मातृभाषा निषेध ग¥यो, हाम्रो धर्म र संस्कृति प्रति घृणा ग¥यो, राज्यसत्ताबाटै बञ्चित ग-यो ।

त्यतिमात्र होइन ,राज्यले मासिन्य मतवाली मार्न मिल्ने र दास बनाउन पाइने जातीय कानुन बनाएर मानव भएर बाँच्न पाउने अधिकार छिन्यो । अझै पनि आदिवासीहरू त्यो उत्पीडित र विभेदको भारीबाट मुक्त भइसकेको छैनन् । म त्यही मासिने मतवालीहरूको बचेको अस्तित्वको प्रतिनिधि हुँ ।’ उनले राज्यको तर्फबाट विभिन्न जाति बीचको मेलमिलाप र एकता सम्बर्धन गर्न इतिहासको त्रुटि सच्याउन सरकारसँग माग गरे ।

प्रकाशित समय : १४:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु