global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ साबिककै मूल्यमा २८ दिनको ‘एनटिसी प्याकेज’ अब ३० दिन

साबिककै मूल्यमा २८ दिनको ‘एनटिसी प्याकेज’ अब ३० दिन

साबिककै मूल्यमा २८ दिनको ‘एनटिसी प्याकेज’ अब ३० दिन

काठमाडौँ । नेपाल टेलिकम (एनटिसी)ले आफ्नो प्रिपेड सेवाको २८ दिनको प्याकेजको समय बढाएर ३० दिन बनाएको छ ।

टेलिकमका अनुसार ‘कम्बो–२९९ प्याक’को समयावधि मङ्गलबार रातिदेखि बढाएर ३० दिनको बनाइएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले मङ्गलबार नेपाल टेलिकमसँग छलफल गर्नु भएपश्चात यो व्यवस्था लागु गरिएको हो ।

नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक रीना डङ्गोलले आगामी वैशाख ११ सम्ममा यस्ता सबै प्याकेजलाई ३० दिन बनाउने जानकारी दिनुभयो । त्यसैगरी टेलिकम प्रयोगकर्ताको डाटा प्याकेज सकिएपछि स्वतः ब्यालेन्स काटिने अवस्था अन्त्य भएको छ भने सबै सेवा अनलाइन गर्ने र ‘वान टाइम केवाइसी’ लागू गर्ने प्रक्रिया अघि बढाइएको छ ।

अब प्रयोगकर्ताले लिएको डेटा प्याकेज ९० प्रतिशत खपत भएपछि सूचना प्राप्त गर्नेछन् । यससँगै ‘पे–एज–यू–गो’ विकल्प उपलब्ध हुनेछ । जसले ग्राहकलाई डेटा सकिएपछि स्वतः शुल्क कट्ने वा नयाँ प्याकेज खरिद गर्नेबारे विकल्पसहितको छनोटको सुविधा दिनेछ ।

मन्त्रालयले अघि सारेको नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणालीअन्तर्गतको १० बुँदे सुधारात्मक कार्ययोजनामा पनि यो विषय समावेश गरिएको छ ।

कार्ययोजनाअनुसार नेपाल टेलिकमको सेवा गुणस्तर सुधार, ग्राहक सेवा सुदृढीकरण र डिजिटल सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखिएको छ । सोहीअनुसार नेपाल टेलिकमले सेवा प्रवाहलाई प्रभावकारी बनाउन ग्राहक केन्द्रित सुधारका कदम अघि बढाएको जनाएको छ । विशेषगरी मोबाइल डाटा व्यवस्थापन, डिजिटल प्लेटफर्म विस्तार र प्रशासनिक प्रक्रियालाई सरल बनाउने उद्देश्यले व्यापक रूपान्तरण प्रक्रिया सुरु गरिएको हो ।

प्रकाशित समय : १४:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु