nmb bank

गृहपृष्ठ गर्मीमा आराम दिने केन्ट एअर कूलर तथा फ्यानहरूको नयाँ दायरा सार्वजनिक

गर्मीमा आराम दिने केन्ट एअर कूलर तथा फ्यानहरूको नयाँ दायरा सार्वजनिक

गर्मीमा आराम दिने केन्ट एअर कूलर तथा फ्यानहरूको नयाँ दायरा सार्वजनिक

काठमाडौँ। बढ्दो गर्मी मौसमलाई मध्यनजर गरी सिजी इलेकट्रोनिक्सअन्तर्गतको अन्तर्राष्ट्रिय ब्रान्ड केन्टले नेपाली बजारमा अत्याधुनिक एअर कूलर तथा फ्यानहरूको नयाँ दायरा सार्वजनिक गरेको छ। आधुनिक प्रविधि, आकर्षक डिजाइन र उच्च कार्यक्षमतासहितका यी उत्पादनहरूले उपभोक्तालाई गर्मी मौसममा सहज, सुरक्षित तथा ऊर्जा-कुशल समाधान उपलब्ध गराउने लक्ष्य राखेका छन्।

कम्पनीका अनुसार नयाँ केन्ट एअर कूलरहरू विभिन्न श्रेणीमा उपलब्ध छन्। यसमा पर्सनल कूलर, डेजर्ट कूलर र कमर्सियल कूलर समावेश छन्। यी कूलरहरूमा उच्च एयर डेलिभरी, ठूलो पानी ट्याङ्की क्षमता, इन्भर्टर-कम्प्याटिबिलिटी र कम बिजुली खपतजस्ता विशेषताहरू रहेका छन्। साथै, प्रभावकारी कूलिङका लागि उन्नत एयर फ्लो टेक्नोलोजी र प्रयोगमैत्री डिजाइनले घर तथा कार्यालय दुवैका लागि उपयुक्त बनाएको कम्पनीले जनाएको छ।

त्यसै गरी, केन्टका फ्यानहरू पनि आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएका छन्। सीलिङ फ्यान, वाल फ्यान, टेबल फ्यान र स्ट्यान्ड फ्यानका विभिन्न मोडेल उपलब्ध छन्। यी फ्यानहरूमा उच्च स्पीड, कम आवाज, ऊर्जा बचत गर्ने बीएलडीसी प्रविधि र आकर्षक तथा स्टाइलिस डिजाइन समावेश गरिएको छ। यसले उपभोक्तालाई दीर्घकालीन सन्तुष्टि प्रदान गर्ने विश्वास लिइएको छ।

कम्पनीका प्रतिनिधिले भने, “हामी नेपाली उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र आधुनिक उत्पादन उपलब्ध गराउन प्रतिबद्ध छौँ। केन्टसँगको सहकार्यले हामीलाई अझ उत्कृष्ट समाधान ल्याउन मद्दत गरेको छ, जसले हरेक घरमा ‘बेटर होम, बेटर लाइफ’ को अवधारणा साकार पार्नेछ।”

उत्पादनहरू देशभरका आधिकारिक विक्रेता तथा विक्रेतामार्फत उपलब्ध हुनेछन्। बिक्रीपछिको सेवालाई पनि विशेष ध्यान दिइएको छ। कम्पनीले टोल-फ्री सेवा, प्राविधिक सहयोग र वारेण्टी सुविधा प्रदान गर्ने जनाएको छ।

प्रकाशित समय : १४:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु