काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आज ६९ औँ राष्ट्रिय सहकारी दिवस मनाइँदै

2.46K
shares

काठमाडौं । आज देशभर ६९ औँ राष्ट्रिय सहकारी दिवस मनाइँदैछ । प्रत्येक वर्ष चैत २० गते विविध कार्यक्रमसहित मनाइने परम्परा अनुसार यस वर्षको सहकारी दिवस ‘उद्यमशीलता र पारदर्शिताः सहकारीको अपरिहार्यता’ भन्ने मूल नारासहित मनाइँदैछ ।

सहकारी क्षेत्र वर्तमानमा देशको आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । देशभर करिब ३० हजार सहकारी संस्था दर्ता भइसकेका छन् र यस क्षेत्रमा ६० लाखभन्दा बढी सदस्य आवद्ध छन्।

सहकारी क्षेत्रले प्रत्यक्ष रूपमा करिब ५० हजार र अप्रत्यक्ष रूपमा पाँच लाख नागरिकलाई रोजगारी प्रदान गरेको बताइन्छ। कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशत र वित्तीय पहुँचमा १५ प्रतिशत योगदान समेत सहकारी क्षेत्रमा देखिन्छ ।

सहकारीको सङ्ख्यात्मक विकास भए पनि गुणस्तर बढाउन चुनौती देखिएको छ । विविध विकृति र विसङ्गतिका कारण सहकारीहरूको लोकप्रियता पछिल्लो समय कम हुँदै गएको छ । यसै कारण आजको दिन सहकारीको महत्व, पारदर्शिता र व्यवसायिक सुधारतर्फ ध्यानाकर्षण गराउने अवसरको रूपमा लिइन्छ ।