nmb bank

गृहपृष्ठ सिक्लेसमा पर्यटक आगमन घट्यो

सिक्लेसमा पर्यटक आगमन घट्यो

सिक्लेसमा पर्यटक आगमन घट्यो कास्की जिल्लाको मादी गाउँपालिकास्थित ऐतिहासिक तथा पर्यटकीय गाउँ सिक्लेस र मनोरम हिमश्रृङ्खलाको दृश्य । समुद्री सतहबाट दुई हजार मिटरको उचाइमा अवस्थित गुरुङ जातिको उद्धगमस्थल सिक्लेसमा पछिल
गण्डकी । अघिल्लो महिनाको तुलनामा मार्चमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा पर्यटक आगमन घटेको छ । मार्चमा एक हजार ९२६ जना पर्यटकले यो स्थानको भ्रमण  छन् ।
मार्चमा मौसम अनुकूल नहुँदा अघिल्लो महिनाको तुलनामा सिक्लेसमा कम पर्यटक आएका त्यहाँस्थित पर्यटक सूचना केन्द्रले जनाएको छ ।
जङ्गलले घेरिएको बस्ती, ढुङ्गाले छापिएका बाटा र ठाउँठाउँमा राखिएका सिक्लेस गाउँ प्राकृतिक सौन्दर्यसँगै गुरुङ संस्कृति, परम्परा र इतिहासका कारण प्रसिद्ध छ । यो नेपालको शान्ति प्रक्रियाको उद्गमस्थलका रूपमा परिचित छ ।
समुद्र सतहबाट  एक हजार ९५० मिटरको उचाइमा अवस्थित सिक्लेसदेखि गुरुङ सम्पदा पदमार्गअन्तर्गत कफुचे, कोरी, क्होलासोँथर, दूधपोखरी पदयात्राको मार्ग हो ।

प्रकाशित समय : ११:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु