गृहपृष्ठ नेपालमा शाओमीको Redmi Buds 8 Lite सार्वजनिक, ४,१९९ रुपैयाँमै प्रिमियम फिचर
नेपालमा शाओमीको Redmi Buds 8 Lite सार्वजनिक, ४,१९९ रुपैयाँमै प्रिमियम फिचर
काठमाडौँ- विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले डुअल माइक्रोफोन र एआई ईएनसी (AI ENC) जस्ता अत्याधुनिक सुविधाहरू सहितको Redmi Buds 8 Lite नेपाली बजारमा भित्र्याएको छ।
यसमा १२.४ एमएम टाइटानियम डायाफ्राम ड्राइभर प्रयोग गरिएको छ, जसले संगीत र पोडकास्ट सुन्दा प्रयोगकर्तालाई गहिरो र स्पष्ट ध्वनिको गुणस्तर प्रदान गर्दछ।
नयाँ इयरबड्समा एड्भान्स्ड न्वाइज क्यान्सलेसन र विन्ड न्वाइज घटाउने प्रविधि जडान गरिएको छ, जसले गर्दा बाहिरको अनावश्यक आवाज बिना स्पष्ट कुराकानी गर्न सहज हुन्छ।
साथै, यो डिभाइसले एकैसाथ दुईवटा उपकरणहरूसँग जडान हुन सक्ने सुविधा दिन्छ, जसले गर्दा काम र मनोरञ्जनबीच स्विच गर्न थप सजिलो बनाउँछ।
दमदार ब्याट्री क्षमता रहेको यो इयरबड्स चार्जिङ केससहित कुल ३६ घण्टासम्म प्रयोग गर्न सकिने र १० मिनेट चार्ज गर्दा २ घण्टासम्म चल्ने कम्पनीले जनाएको छ।
कालो र सेतो रङमा उपलब्ध यो उत्पादनको मूल्य ४,१९९ रुपैयाँ तोकिएको छ भने यसमा एक वर्षको वारेन्टी समेत उपलब्ध छ।
प्रकाशित समय : १०:४१ बजे



















