global ime bank Long Banner Ad

गृहपृष्ठ उदयपुरमा एक हजार एक सय हेक्टरमा चैतेधान रोपियो

उदयपुरमा एक हजार एक सय हेक्टरमा चैतेधान रोपियो

उदयपुरमा एक हजार एक सय हेक्टरमा चैतेधान रोपियो

उदयपुर । जिल्लाका विभिन्न भागका एक हजार १०० हेक्टरमा चैतेधान रोपिएको छ ।

जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सङ्गीता ज्ञावलीका अनुसार जिल्लामा एक हजार ५०० हेक्टरमा हरेक वर्ष चैते धान रोपिने गरेको छ ।

बाँकी ४०० हेक्टरमा पनि यसै महिना रोपाइँ पूरा हुने देखिएको उनले बताइन। “खेतमा धमाधम रोपाइँ भइरहेकाले यसै महिना पूरा हुने ठानेकी छु”, उनले भनिन।

जिल्लाका आठ पालिकामध्ये सबैभन्दा धेरै चैते धान उदयपुरगढी र रौतामाई गाउँपालिकामा भएको छ । ताप्ली गाउँपालिका, कटारी, त्रियुगा र चौदण्डीगढी नगरपालिकामा चैतेधान रोपिने गरेको छ ।

प्रकाशित समय : १०:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु