global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ ‘कणाली जस्तो भूगोलका लागि हुलाक महत्त्वपूर्ण छ’

‘कणाली जस्तो भूगोलका लागि हुलाक महत्त्वपूर्ण छ’

‘कणाली जस्तो भूगोलका लागि हुलाक महत्त्वपूर्ण छ’

कर्णाली । कर्णाली जस्तो विकट भूगोलको लागि हुलाक सेवाको उपादेयता महत्त्वपूर्ण रहेको सरोकार भएकाहरूले बताएका छन् । हुलाक सेवा विभाग, हुलाक प्रशिक्षण केन्द्र काठमाडौँद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित नायब सुब्बारखरिदार अभिमुखीकरण प्रशिक्षण कार्यक्रममा सरोकार भएकाहरूले हुलाक सेवालाई थप परिस्कृत गर्दै लैजानुपर्नेमा जोड दिए ।

कार्यक्रममा कर्णाली प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विपिन आचार्यले हुलाक सेवालाई परिस्कृत एवं प्रविधिमैत्री बनाउँदै लैजानपर्ने बताए ।

प्रशिक्षण केन्द्रका मुख्य प्रशिक्षक ध्रुवराज आचार्यले हुलाक सेवालाई उपेक्षित गरिएको अवस्थामा नवगठित सरकारले सयबुँदे कार्यसूचीमा राखेर नयाँ ढङ्गले अगाडि बढाउने नीति लिएको बताउनुभयो । उहाँले यही चैत १४ गते सरकारले सार्वजनिक गरेको शासकीय सुधारको कार्यसूचीको बुँदा नम्बर २७ अनुसार सरकारी सेवा घरमै उपलब्ध गराउने उल्लेख गरेको बताए ।

“सरकारले हुलाक सेवालाई आधुनिकीकरण गरी सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने र त्यसमार्फत पासपोर्ट, नागरिकता प्रतिलिपि, लाइसेन्सलगायत कागजातरसामग्री घरमै पुर्याउने लक्ष्य राखेकाले यसको उपदेयता बढेको छ”, प्रशिक्षक आचार्यले भने ।

उनले कर्णालीलाई प्राथमिकता राखेर सञ्चालन गरिएको अभिमुखीकरण प्रशिक्षणले कर्मचारीको कार्यसम्पादन, नवीन ज्ञान, सीप, सोच र उत्प्रेरणामा सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्दप्रसाद पाण्डेले संसारका कुनै पनि देशले हुलाकको उपदेयतालाई कम हाक्न नसकेको बरु परिस्कृत बनाउँदै लगेको बताए । जापानमा सरकारलाई सबैभन्दा बढी राजस्व उपलब्ध गर्ने पाँच उत्कृष्ट संस्थामा हुलाक नै रहेकोले नेपालको हुलाक सेवालाई पनि थप सुदृढ गर्दै लैजानुपर्नेमा जोड दिए ।

छ दिनसम्म सञ्चालन हुने अभिमुखीकरण तथा प्रशिक्षणमा कर्णाली प्रदेशका १० जिल्लाका नायबसुब्बा र खरिदार तहका कर्मचारीको सहभागिता रहेको छ ।

प्रकाशित समय : २२:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु