global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ किसानलाई अनुदानमा उन्नत जातको धानको बीउ

किसानलाई अनुदानमा उन्नत जातको धानको बीउ

किसानलाई अनुदानमा उन्नत जातको धानको बीउ

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५० प्रतिशत अनुदान दिने भएको छ । धानको उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले नगरपालिकाले अनुदानमा बीउ वितरण कार्यक्रम अगाडि बढाएको नगरपालिकाको कृषि विकास शाखा प्रमुख करनसिंह बुढाऐरले जानकारी दिए ।

चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार सावा मन्सुली, रामधान, राधा–४, हर्दिनाथ–३, हर्दिनाथ–६, सर्जु–५२, सुक्खा–३ र ६ धानको बीउ खरिद गरी समूह, सहकारी र कृषि फर्ममार्फत किसानलाई उपलब्ध गराउने तयारी गरिएको उनले बताए । “माटो सुहाउँदो धानको बीउको छनोट गरी किसानलाई उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छौँ, करिब १७ मेट्रिकटन धानको बीउ वितरण गर्दैछौँ । यसबाट धानको उत्पाकत्वमा वृद्धि हुने विश्वास छ”, शाखा प्रमुख बुढाऐरले भने ।

प्रतिकिलो ७८ का दरले बीउ खरिद गरी अनुदानमा किसानलाई वितरण गरिने नगरपालिकाले जनाएको छ ।

प्रकाशित समय : २२:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु