nmb bank

गृहपृष्ठ सोचेको थिइनँ, यहाँ आइपुग्छु भनेर :  महिला मन्त्री वादी

सोचेको थिइनँ, यहाँ आइपुग्छु भनेर :  महिला मन्त्री वादी

सोचेको थिइनँ, यहाँ आइपुग्छु भनेर :  महिला मन्त्री वादी

काठमाडौं । राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) का सांसद सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको पदभारग्रहण गरेको छ ।

उनले नेपालको पहिलो वादी समुदायको मन्त्री बन्नुभएको छ । पदभार ग्रहण गरेसँगै उनी भावुक भए । आँखाबाट आँसु पुछ्दै उनले भने, “सोचेको थिइनँ, यहाँ आइपुग्छु भनेर ।” उनले समाजको जातीय बहिष्करणमा सङ्घर्ष गर्दागर्दै मन्त्री बन्ने अवसर पाउँदा इतिहासमै रुपान्तरण आएको महसुस गरेको बताए । उनले भने, “अब जिम्मेवारपूर्ण भएर समाज रुपान्तरणका सक्रिय हुने छु ।”

महिला सशक्तिीकरणमा सामाजिक संस्थामार्फत सेवा गर्दै आएकी नवनियुक्त मन्त्री वादी कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका–१४ स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ–८ मा बसोबास गर्दै आएको छ । गरिबी र समाजको विभेदका कारण जीवनका पाइलै पिच्छे पहिचानका लागि सङ्घर्ष गर्दै आएकी रास्वपामा आबद्ध भएको थियो ।

समानुपातिकबाट सांसद भएको उनले १३ वर्षको उमेरदेखि संस्थाको आर्थिक सहयोगमा पढाइ पूरा गरे । स्नातकसम्मको शिक्षा हासिल गरेलगत्तै समाजमा विभेद अन्त्य गर्न र महिला सशक्तिकरणमा सहयोग पुग्ने सामाजिक संस्था सञ्चालन गर्दै आएको थियो । अब भने मन्त्रायको नेतृत्व सम्हाल्दै बृहत्तर रुपमा महिला सीमान्तकृत समुदायको समस्या समाधान गर्न काम गर्ने बताए ।

प्रकाशित समय : १६:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु