गृहपृष्ठ परराष्ट्रमन्त्री खनाललाई भारतीय समकक्षी जयशंकरको बधाई तथा शुभकामना
परराष्ट्रमन्त्री खनाललाई भारतीय समकक्षी जयशंकरको बधाई तथा शुभकामना
काठमाडौं । नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई भारतीय समकक्षी एस जयशंकरले बधाई तथा शुभकामना दिएका छन् ।
सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै जयशंकरले खनालको कार्यकाल सफल रहोस् भन्ने कामना व्यक्त गरेका छन् । उनले नेपाल र भारतबीचको परम्परागत सम्बन्धलाई अझ सुदृढ बनाउन नजिकबाट सहकार्य गर्न इच्छुक रहेको बताएका छन् ।
जयशंकरले आफ्नो सन्देशमा नेपाल–भारत सम्बन्धलाई ऐतिहासिक र घनिष्ठ साझेदारीका रूपमा उल्लेख गर्दै आगामी दिनमा द्विपक्षीय सहकार्य थप विस्तार हुने विश्वास व्यक्त गरेका छन् ।
प्रकाशित समय : १६:३९ बजे


















