काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

टेनिस खेलाडी छनोट

2.67K
shares

काठमाडौँ । आइटिएफ एसिया यु–१२ टिम कम्पिटिसन (दक्षिण एसियाली क्षेत्रीय छनोट) का लागि नेपालबाट छ खेलाडी छनोट भएका छन् ।

नेपाल टेनिस सङ्घको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा आज भएको छनोट प्रतियोगिताबाट तीन पुरुष र तीन महिला खेलाडी छनोट भएका हुन् ।
छनोट हुनेमा पुरुषतर्फ आरित मल्ल, सभ्यजङग कार्की र सहंश बस्नेत तथा महिलातर्फ सारा पन्त, आर्या पौडेल र नायरासि घले रहेकी छन् । पुरुषमा सात र महिलामा छ खेलाडी छनोटमा सहभागी भएका थिए ।

प्रतियोगिता अप्रिल १३ देखि १७ तारिखसम्म सातदोबाटोस्थित टेनिस कम्प्लेक्समै हुने सङ्घका कार्यालय सचिव प्रवीण देवकोटाले जानकारी दिए ।