काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रास्वपाका गणेश पौडेलको उत्साहजनक अग्रता, दोस्रो स्थानमा भट्टराई

2.79K
shares
रौतहट । रौतहट क्षेत्र नम्बर ४ अन्तर्गत गढीमाई नगरपालिका–९ को इनरवाटोलमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेलले स्पष्ट अग्रता लिएका छन् । ७७८ मत गणना हुँदासम्म पौडेलले भारी मतान्तरसहित आफ्नो अग्रता कायम राखेका हुन् ।
भर्खरै प्राप्त मत परिणामअनुसार पौडेलले ४४३ मत प्राप्त गरेका छन् उनलाई पछ्याइरहेका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामकुमार भट्टराईले १५२ मत प्राप्त गरेका छन्। रास्वपाका पौडेल र भट्टराईबीचको मतान्तर २९१ रहेको छ ।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सिना ९४ मतका साथ तेस्रो स्थानमा छन् भने नेकपा एमालेका रामजी साहले मात्र २१ मत प्राप्त गरेका छन् ।
मुख्य प्रतिस्पर्धी ठानिएका दलहरूलाई पछि पार्दै रास्वपाका युवा उम्मेदवार पौडेलले लिएको यो अग्रतालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । अहिले सो क्षेत्रमा मतगणना कार्य जारी रहेको छ ।
मत परिणामको संक्षिप्त विवरण ९७७८ गणना हुँदा
गणेश पौडेल (रास्वपा): ४४३ मत (अग्रता)
रामकुमार भट्टराई (नेकपा):१५२ मत
देवप्रसाद तिमल्सिना (नेपाली कांग्रेस): ९४ मत
रामजी साह (नेकपा एमाले):२१ मत