नामी ईभीमा ११ वर्षको वारेन्टी दिने एमएडब्लू वृद्धिको घोषणा
वि.सं.२०८२ फागुन २० बुधवार २१:१५
shares

नेपालका लागि डोङफेङ नामी इलेक्ट्रिक सवारी साधनको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले आफ्ना ग्राहकका लागि विशेष एक्टेन्डेड वारेन्टी कार्यक्रम सार्वजनिक गरेको छ।
कम्पनीले नामी बक्स र नामी भिगो मोडलका गाडी खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै ब्याट्री र मोटरमा ११ वर्ष वा २ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी दिने घोषणा गरेको हो।
यसअघि यी गाडीमा ८ वर्ष वा २ लाख किलोमिटरको स्ट्यान्डर्ड वारेन्टी उपलब्ध थियो। नयाँ कार्यक्रमसँगै अब ग्राहकले थप ३ वर्ष वा ५० हजार किलोमिटरको अतिरिक्त सुरक्षा कवच प्राप्त गर्नेछन्।

























