global ime bank Long Banner Ad

गृहपृष्ठ बिलिङ प्रणालीसम्बन्धी ठेक्का प्रक्रिया रद्द

बिलिङ प्रणालीसम्बन्धी ठेक्का प्रक्रिया रद्द

बिलिङ प्रणालीसम्बन्धी ठेक्का प्रक्रिया रद्द

नेपाल टेलिकमले बिलिङ प्रणाली खरिदको ठेक्का प्रक्रिया रद्द गरेको छ । कम्पनीले आइतबार सूचना जारी गर्दै कन्भर्जेन्ट रियल–टाइम बिलिङ तथा ग्राहक सहयोग प्रणाली सम्बन्धी विवादित ठेक्का प्रक्रिया रद्द गरेको हो ।

नेपाल टेलिकमको केन्द्रीय खरिद विभागले जारी गरेको सूचनामा आपूर्ति, डेलिभरी, जडान तथा सञ्चालनका लागि आह्वान गरिएको बोलपत्र रद्द गरिएको उल्लेख छ । उक्त बोलपत्र सन् २०२५ मार्च १८ मा सार्वजनिक खरिद प्रणाली (ई–जीपी) मार्फत प्रकाशन गरिएको थियो ।

कम्पनीका अनुसार २ माघ २०८२ को निर्णयअनुसार ठेक्का प्रक्रिया रद्द गरिएको हो । यसबारे सबै इच्छुक तथा सहभागी बोलपत्रदातालाई जानकारी गराइएको सूचनामा भनिएको छ ।

प्रकाशित समय : २०:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु