nmb bank

गृहपृष्ठ मतदानपछि मतपेटिका खोल्नु अघि राष्ट्रिय सम्वाद आवश्यक : कांग्रेस

मतदानपछि मतपेटिका खोल्नु अघि राष्ट्रिय सम्वाद आवश्यक : कांग्रेस

मतदानपछि मतपेटिका खोल्नु अघि राष्ट्रिय सम्वाद आवश्यक : कांग्रेस

नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचन केवल सरकार परिवर्तन वा संसद् भर्ने प्रक्रिया नभई देशका लागि दीर्घकालीन राजनीतिक निकास सुनिश्चित गर्न प्रयोग हुनुपर्ने बताउँदै मतदानपछि राष्ट्रिय संवादमा बस्न सबै दललाई आग्रह गरेको छ।

पार्टी उपसभापति विश्वप्रकाश शर्माले सोमबार सानेपास्थित कांग्रेस कार्यालय बिपीनगरमा आयोजित पत्रकार सम्मेलनमा भने, मतदान सकिएपछि मतपेटिका खोल्नु अघि दलहरूले साझा प्रतिबद्धतामा सहमति जनाउनुपर्ने आवश्यकता रहेको छ। उनले यो राष्ट्रिय संवाद निर्वाचन परिणाम जे जस्तो भए पनि दलहरू त्यसको जिम्मेवारी स्वीकार्ने वातावरण बनाउने महत्वपूर्ण माध्यम हुने बताए।

उपसभापति शर्माले जेन–जी आन्दोलनपछिको सुधार र कांग्रेसमा भएको आन्तरिक सुधारको उल्लेख गर्दै निर्वाचनमा कांग्रेसले भाग लिएकाले देशमा आमूल परिवर्तन र विकासको जिम्मेवारी कांग्रेसको भएको बताए। उनले सातै प्रदेशमा भएको चुनावी सभाले कांग्रेसमा ऊर्जा थपेको र हजारौँ नेता तथा कार्यकर्ता विभिन्न दल छोडेर कांग्रेसमा प्रवेश गरेको पनि जानकारी दिए।

प्रकाशित समय : २०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु