गृहपृष्ठ रामेछापमा भएको दुर्घटनामा मृत्यु भएका मतदान अधिकृत र असईको पहिचान खुल्यो
रामेछापमा भएको दुर्घटनामा मृत्यु भएका मतदान अधिकृत र असईको पहिचान खुल्यो
रामेछापमा भएको दुर्घटनामा मतदान अधिकृत र असईको मृत्यु भएको छ। मृत्यु हुनेमा असई पर्शुराम यादव मतदान अधिकृत डोर प्रसाद घिमिरे रहेका छन्।
निर्वाचन सामग्रीसहित कर्मचारी र प्रहरी चढेको गाडी रामेछाप नगरपालिका-२ स्थित देउरालीमा सोमबार दिउँसो दुर्घटना परेको थियो।
७ जना घाइतेलाई सेनाको हेलिकोप्टरमा काठमाडौं ल्याइएको छ। घाइते हुनेमा शिक्षक भीम बहादुर मानन्धर, कृष्णप्रसाद घिमिरे, चालक सम्बर बहादुर मानन्धर, दुर्गा कार्की, सविना खड्का, केदार कुमार रोका र पुजादेवी सुनुवार रहेका थिए। घाइतेहरूको छाउनी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ। गाडीबाट हाम फालेका तीन जना सकुशल छन्।
प्रकाशित समय : २०:२० बजे

















