काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सिड्नीमा बाढीमा फसेका ४० जनाको उद्धार

1.95K
shares

सिड्नीमा भारी वर्षा पछि आएको बाढीमा फसेका ४० भन्दा बढी मानिसहरूको उद्धार गरेको बताउदै अधिकारीहरूले अचानक बाढी आउदा बिजुली समेत कटौती भएको जनाएका छन् ।

न्यु साउथ वेल्स राज्य आपतकालीन सेवा ९एनएसडब्लु एसइएस० ले बिहीबार देखि शुक्रबार सम्म मध्य र पश्चिमी सिड्नीमा ४२ वटा बाढी उद्धार अभियान सञ्चालन गरेको बताएको छ ।

केही उपनगरहरूमा तीन घण्टाको अवधिमा १०० मिलिमिटर भन्दा बढी वर्षा भए पछि सिड्नी महानगरीय क्षेत्रमा सहयोगका लागि कल आएको एसइएसले जनाएको छ ।

आकस्मिक बाढीले प्रमुख सडकखण्डलाइ प्रभावित बनाउनुका साथै विद्युतिय पुर्वाधारका र भौतिकं सम्पत्तिहरूमा क्षेति गरेको जनाइएको छ ।

मौसम विज्ञान ब्यूरो (बिओएम) ले सिड्नीमा शुक्रबारको अधिकांश समय मेघ गर्जन जारी रहने र ७० मिलिमिटर सम्म वर्षा हुने पूर्वानुमान गरेको छ ।