global ime bank Long Banner Ad

गृहपृष्ठ अज्ञात रोगबाट भेडा–बाख्रा मर्न थालेपछि स्वास्थ्यकर्मीको टोली गोठमा

अज्ञात रोगबाट भेडा–बाख्रा मर्न थालेपछि स्वास्थ्यकर्मीको टोली गोठमा

अज्ञात रोगबाट भेडा–बाख्रा मर्न थालेपछि स्वास्थ्यकर्मीको टोली गोठमा

मुगु । मुगुबासीको मुख्य आम्दानीको स्रोत पशु पालन हो । तर बिगत लामो समयदेखि सोरु गाँउपालिका वडा नम्बर १० र ११ का कृषकहरुले पाल्दै आएका भेडा–बाख्राहरु अज्ञात रोगको चपेटामा परेका छन् ।

पुस र माघ महिनामा अज्ञात रोगका कारण भेडा वाख्रा धमाधम मर्न थालेपछि स्वास्थ्यकर्मीहरु भेडी गोठहरुका उपचारका साथै रोगको पहिचान गर्न व्यस्त भएका छन् ।

‘हामी तीन पुस्तादेखि भेडा पालन गरेर घर खर्च चलाइरहेका छौं । ६० भेडाको टाउको र घाँटी सुनिने, रौं खुइलिने, छेर्ने, हिड्न गार्हो मान्ने गरेका छन् । घरेलु औषधी गरेपनि नभएपछि एग्रोभेटबाट उपचार भएपनि भेडा मर्ने गरेका छन् । प्रत्येक भेडीगोठबाट २० देखि ३० सम्म भेडा मरेपछि निराश बनाएको छ । हालसम्म कुनैपनि निकायबाट औषधी उपचार भएको छैन् । तर समाचार आएपछि जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय र प्रदेश प्रयोगशालाबाट औषधीसहितको टोली आएको छ । अब आशा जगाएको छ,’ कृषक पूर्ण बहादुर मल्लले बताए ।

पालिकाको पशु स्वास्थ्य टीम प्रभावित क्षेत्रमा पुगेर औषधी गरिरहेको छ भने गोठमा पुगेर रोगको बारेमा अनुसन्धान भइरहेको र अब रिपोर्ट आएपछि थप औषधी गर्ने सोरु गाँउपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले बताए ।

विभिन्न टोलीको अध्ययनले १ सय ५० भन्दा बढी भेडाबाख्रा मरेको पाइएको छ । थप अध्ययन गरी ल्यापबाट रिपोर्ट आएपछि थाहा हुने जिल्ल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका प्रमुख भीमचन्द्र बुढाले बताए ।

प्रकाशित समय : १३:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु