nmb bank

गृहपृष्ठ सिराहा–धनुषा जोड्ने कमला पुल हुँदै कुलमान घिसिङको चुनावी अभियान सुरु (भिडियो सहित)

सिराहा–धनुषा जोड्ने कमला पुल हुँदै कुलमान घिसिङको चुनावी अभियान सुरु (भिडियो सहित)

सिराहा–धनुषा जोड्ने कमला पुल हुँदै कुलमान घिसिङको चुनावी अभियान सुरु (भिडियो सहित)

सिराहा । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ बिहीबारबाट सिराहा र धनुषा जोड्ने कमला पुल हुँदै चुनावी अभियानमा निस्किएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयका निर्वतमान मन्त्री समेत रहेका घिसिङले नदी क्षेत्रमा ह्युम पाइप राखी अस्थायी आवत–जावतको व्यवस्था गरिएको स्थलबाट कमला नदी पार गरी सिराहातर्फ लागेका हुन् ।

पार्टीका नेता, कार्यकर्ता र स्थानीयले उनलाई कमला पुलमा स्वागत गरेका थिए । तराई–मधेशको जीवनरेखा मानिने हुलाकी राजमार्गअन्तर्गत सिराहा–धनुषा सीमामा पर्ने कमला नदीमा अस्थायी डाइभर्सन निर्माण भएसँगै वर्षौँदेखिको नागरिक समस्या अन्त्यतर्फ उन्मुख भएको छ ।

१४ वर्षसम्म पुल नबन्दा स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए भने सवारीसाधनले लामो वैकल्पिक रुट प्रयोग गर्दै आएका थिए । भौतिक मन्त्री रहेका बेला गत मंसिर ५ गते घिसिङले कमला पुलको स्थलगत निरीक्षण गरेका थिए ।

पुल नबन्दा सिर्जना भएको पीडा र जोखिम प्रत्यक्ष देखेपछि उनले समस्या समाधानका लागि नदी क्षेत्रमा ह्युम पाइप राखी अस्थायी आवत–जावतको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिई अस्थायी डाइभर्सन निर्माणको प्रक्रिया अगाडी बढाएका थिए । घिसिङले अस्थायी व्यवस्था भएपनि कमला नदी पार गर्न सकिँदा खुसी व्यक्त गरेका छन् ।

साथै, निर्माणाधीन १४ वर्षदेखि अलपत्र रहेको ४६९ मिटर लम्बाइको कमला पुलको भइरहेको बाँकी कामको पनि अवलोकन गरेका थिए । भ्रमणको क्रममा उनले धनुषा, सिराहा र सप्तरी जिल्लाका पार्टी उम्मेदवार, कार्यकर्ता र मतदातासँग भेटघाटको कार्यक्रम रहेको छ ।

प्रकाशित समय : १५:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु