गृहपृष्ठ आसन्न निर्वाचन लक्षित गर्दै रौतहटमा नेपाली सेनाको सुरक्षा तयारी तीव्र
आसन्न निर्वाचन लक्षित गर्दै रौतहटमा नेपाली सेनाको सुरक्षा तयारी तीव्र
आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रौतहट जिल्लामा सुरक्षा तयारी तीव्र पारिएको छ। जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा सेनानीको नेतृत्वमा एक–एक पोष्टसहित नेपाली सेनाले क्याम्प स्थापना गरिसकेको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले नेपाली सेनाले बुधबारदेखि गस्तीसमेत सुरु गरेको जनाएको छ। निर्वाचन सुरक्षामा नेपाली सेनाले प्रभावकारी भूमिका निर्वाह गर्ने बताइएको छ।
यसअघि रौतहटको सदरमुकाम गौरस्थित नारायणदल गण र चन्द्रनिगाहपुरमा रहेको पोष्टका अतिरिक्त कटरिया नगरपालिका र परोहा नगरपालिकामा नयाँ क्याम्प स्थापना गरिएको हो। ती क्याम्पबाट सम्बन्धित निर्वाचन क्षेत्रमा नेपाली सेना परिचालन गरिने जनाइएको छ।
प्रकाशित समय : २०:३७ बजे


















