गृहपृष्ठ सन्ताउन्न हजारलाई मात्रै पर्ने सूर्यकुण्डको आईपीओमा २५ लाख बढीको आवेदन

सन्ताउन्न हजारलाई मात्रै पर्ने सूर्यकुण्डको आईपीओमा २५ लाख बढीको आवेदन

सन्ताउन्न हजारलाई मात्रै पर्ने सूर्यकुण्डको आईपीओमा २५ लाख बढीको आवेदन

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले माघ १८ गतेदेखि आज २१ गतेसम्म निष्काशन गरेको आईपीओमा २५ लाख २१ हजार २ सय १० जनाको आवेदन परेको छ ।

बिक्री प्रबन्धकमा कुमारी क्यापिटलका अनुसार कम्पनीले ५ लाख ७२ हजार ४ सय ३१ कित्ताको लागि आवेदन माग गरेकोमा २ करोड ८७ लाख ८८ हजार ९ सय ४० कित्ता शेयरको लागि आवेदन परेको हो ।

दोस्रो चरणअन्तर्गत कम्पनीले प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका कुल पाँच लाख ७२ हजार ४३१ कित्ता सेयर निष्काशन गरेको थियो ।

उक्त शेयर ५७ हजार २ सय ४२ जनाले १०–१० कित्ता र बाँकी १ जनाले ११ कित्ताका दरले पाउने छन् ।

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत करिब २१ करोड ५३ लाख रुपियाँ रहेको छ।

प्रकाशित समय : २०:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु