global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ मधेश प्रदेश सभाको आठौं वार्षिकोत्सवको तयारी अन्तिम चरणमा

मधेश प्रदेश सभाको आठौं वार्षिकोत्सवको तयारी अन्तिम चरणमा

मधेश प्रदेश सभाको आठौं वार्षिकोत्सवको तयारी अन्तिम चरणमा

जनकपुर । मधेश प्रदेश सभाको आठौं वार्षिकोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । माघ २१ गत्ते (भोलि) मनाउन लागिएको आठौं वार्षिकोत्सव कार्यक्रमका निम्ती मधेश प्रदेश सभाका सम्पूर्ण कर्मचारीहरु व्यस्त देखिएका छन् ।

यस तीन दिन विभिन्न कार्यक्रमहरु गरी वार्षिकोत्सव मनाउने तय भएको मा हिजो (सोमबार) मधेश प्रदेश सभा परिसरको सरसफाई एवम वृक्षारोपन कार्यक्रम गरिएको थियो ।

त्यस्तै आज प्रदेश सभाका सांसद र कर्मचारीहरुबीच चेस, ब्याडमिन्टन र म्युजिकल चेयर लगायतका खेलहरुको प्रतिस्पर्धा हुने प्रदेश सभाद्वारा जारी तालिकामा उल्लेख रहेको छ । त्यस्तै आजै प्रदेश सभाको तर्फबाट जनकपुरधामस्थित मानव सेवा आश्रम, वृद्धा आश्रम र कबिर बाल आश्रमलाई सहयोग हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको छ ।

बुधबार मधेश प्रदेश सभाको आठौं वार्षिकोत्सवको मुख्य दिन बिहान रक्तदान कार्यक्रम हुनेछ भने दिउँसो १२ः३० बजेदेखि मूल समारोह सुरु हुने प्रदेश सभाले जारी गरेको तालिकामा उल्लेख रहेको छ ।

यस वर्षको वार्षिकोत्सवलाई फरक र अविस्मरणिय बनाउनका निम्ति मैथिली संस्कृति झल्काउने माटोले लिपेको स्टेज बनाइएको छ भने विभिन्न स्थानीय भाषाका सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुती हुने जनाइएको छ ।

वार्षिकोत्सवको मूल समारोहमा प्रदेश सभाका कर्मचारीलगायत विभिन्न व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको छ ।

प्रकाशित समय : १४:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु