global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ बुद्ध एयरको ‘भ्यालेन्टाइन डे’ अफर : एकै टिकटमा दुई जनालाई एभरेष्ट एक्सपेरियन्स उडान

बुद्ध एयरको ‘भ्यालेन्टाइन डे’ अफर : एकै टिकटमा दुई जनालाई एभरेष्ट एक्सपेरियन्स उडान

बुद्ध एयरको ‘भ्यालेन्टाइन डे’ अफर : एकै टिकटमा दुई जनालाई एभरेष्ट एक्सपेरियन्स उडान

काठमाडौं । नेपालको अग्रणी निजी वायुसेवा कम्पनी बुद्ध एयरले यस वर्षको ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष ‘भ्यालेन्टाइन अफर’ सार्वजनिक गरेको छ ।

हरेक वर्ष फेब्रुअरी १४ मा मनाइने प्रेम दिवसलाई अविस्मरणीय बनाउन बुद्ध एयरले ‘एभरेष्ट एक्सपेरियन्स’ उडानमा एकै टिकटमा दुई जना उड्न मिल्ने योजना ल्याएको छ । यस योजना अन्तर्गत जोडीहरूले १४,२६५ मा सगरमाथालगायतका विभिन्न हिमशृङ्खलाहरूको अवलोकन गर्न पाउनेछन् ।

काठमाडौं विमानस्थलबाट सुरु भई करिब १ घण्टाको हिमाली दृश्यावलोकनपछि जहाज पुनः काठमाडौंमै अवतरण हुनेछ ।

उडानमा सहभागी जोडीहरूलाई गुलाबको फूल, चकलेटलगायत उपहार प्रदान गरिनेछ ।

बुद्ध एयरले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि प्रेमिल जोडीहरूलाई हिमालको काखमा माया साटासाट गर्ने अवसर प्रदान गर्न यो प्याकेज ल्याएको जनाएको छ ।
यस अफरका सिटहरू सीमित भएकाले इच्छुक यात्रुहरूले समयमै आफ्नो टिकट सुरक्षित गर्न बुद्ध एयरले अनुरोध गरेको छ । टिकट बुकिङका लागि बुद्ध एयरको आधिकारिक वेबसाइट, मोबाइल एप वा नजिकैको सेल्स काउन्टरमा सम्पर्क गर्न सकिनेछ ।

प्रकाशित समय : १३:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु