global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ चितवनमा एकै दिन स्क्रब टाइफस र डेंगुका ४ जना बिरामी भेटिए

चितवनमा एकै दिन स्क्रब टाइफस र डेंगुका ४ जना बिरामी भेटिए

चितवनमा एकै दिन स्क्रब टाइफस र डेंगुका ४ जना बिरामी भेटिए

गत २४ घण्टामा चितवनमा स्क्रब टाइफस र डेंगुका ४ जना बिरामी भेटिएका छन्। स्क्रब टाइफसका २ र डेंगुका २ गरी ४ जना बिरामी भेटिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

दुवै संक्रमित रत्ननगर नगरपालिकामा भेटिएका हुन्। यो सँगै चितवनमा हालसम्म स्क्रब टाइफसका ५४९ र डेंगुका २१८ बिरामी पुगेका छन्।

हालसम्म ७ हजार ९०३ जनाको परीक्षण गर्दा ५४९ जनामा स्क्रब टाइफस र ७ हजार ४८७ मध्ये २१८ मा डेंगु भेटिएको कार्यालयले जनाएको छ।

प्रकाशित समय : १४:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु