global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान हुने

अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान हुने

अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान हुने

अमेरिकी कंग्रेसले सरकारी कामकाज ठप्प अन्त्य गर्न खर्च विधेयकमाथि मङ्गलबार मतदान गर्ने तयारी गरेको छ । सोमबार राति हाउस रुल्स कमिटीले सिनेटबाट पारित खर्च प्याकेजलाई पूर्ण सदनमा पेश गर्ने निर्णय गरेपछि मतदानको बाटो खुलेको हो ।

सङ्घीय अध्यागमन एजेन्टहरूको कारबाहीका कारण उत्पन्न विवादले खर्चसम्बन्धी वार्ता अवरुद्ध भएको थियो । विशेषगरी मिनियापोलिसमा दुई अमेरिकी नागरिकको मृत्यु भएपछि डेमोक्रेटिक आक्रोश बढ्दा गृह मन्त्रालयका लागि नयाँ कोषको विषय अझ जटिल बनेको थियो ।

यसअघि सिनेटले सेप्टेम्बरसम्म अधिकांश सङ्घीय एजेन्सी सञ्चालनका लागि अझै पास हुन बाँकी रहेका पाँचवटा कोष विधेयक पारित गरेको थियो । साथै अध्यागमन नीतिमा थप छलफल गर्न डिएचएस सञ्चालनका लागि दुई हप्ताको अस्थायी उपाय पनि स्वीकृत गरिएको थियो ।

सरकारी कामकाज ठप्पले गैर–आवश्यक सङ्घीय सेवाका लागि कोष रोक्का हुने, सेवाहरू बन्द हुने र कर्मचारीहरू बेतलबी बिदामा बस्नुपर्ने अवस्था सिर्जना गर्दछ ।

अध्यागमन प्रवर्तनका विषयमा केही सांसदले असन्तुष्टि जनाए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी कामकाज ठप्प अन्त्य गर्न खर्च विधेयक तत्काल पारित गर्न दबाब दिँदै आएका छन । उनले सामाजिक सञ्जालमार्फत अहिले कानूनमा परिवर्तन सम्भव नभएको भन्दै शीघ्र अनुमोदनको आह्वान गरेका थिए।

डेमोक्रेटहरूले खर्च विधेयक पारित हुनु अघि अध्यागमन एजेन्टहरूको कार्यशैलीमा सुधारको माग गरेका छन् । गत महिना मिनियापोलिसमा दुई नागरिकको मृत्यु भएपछि यस विषयमा राष्ट्रिय स्तरमै आलोचना चर्किएको थियो ।

यसै सन्दर्भमा गृहमन्त्री क्रिस्टी नोमले सङ्घीय एजेन्टहरूले तत्काल शरीर क्यामेरा प्रयोग गर्ने घोषणा गरेका छन, जसलाई पछि देशभर विस्तार गरिने बताइएको छ ।

राजनीतिक रूपमा संवेदनशील वार्ताका बीच सदनका सभामुख माइक जोनसनले सम्झौता नजिक पुगेको विश्वास व्यक्त गरेका छन । तर रिपब्लिकन पक्षको साँघुरो बहुमतका कारण खर्च विधेयक पारित गर्न डेमोक्रेटिक मतमा भर पर्नुपर्ने सम्भावना पनि देखिएको छ ।

यदि सदनले सिनेटको सम्झौता अनुमोदन गरेमा सांसदहरूसँग डिएचएसको पूर्ण वर्षको कोष विधेयकमा सहमति जुटाउन दुई हप्ता मात्र समय रहनेछ ।

प्रकाशित समय : १४:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु