गृहपृष्ठ निर्वाचन क्षेत्र अनुसार मतदाताको तथ्यांक सार्वजनिक
निर्वाचन क्षेत्र अनुसार मतदाताको तथ्यांक सार्वजनिक
आगामी फागुन २१ गते देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ।
निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू आ-आफ्ना निर्वाचन क्षेत्रमा केन्द्रित प्रचारप्रसारमा सक्रिय छन् भने चुनावी घोषणापत्र तयार गर्ने कार्य पनि तीव्र गतिमा अघि बढिरहेको छ।
निर्वाचन आयोगका अनुसार फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गरेका नागरिकले यस निर्वाचनमा मतदान गर्न पाउनेछन्। आयोगले सार्वजनिक गरेको विवरणअनुसार फागुन २१ को निर्वाचनमा कुल १ करोड ७९ लाख ३ हजार ९९ मतदाताले मताधिकार प्रयोग गर्नेछन्।
आयोगले ७७ वटै जिल्लाका १६५ निर्वाचन क्षेत्रअन्तर्गतको मतदाता संख्या सार्वजनिक गरेको छ।
सो विवरण अनुसार रामेछाप जिल्लामा सबैभन्दा बढी मतदाता रहेका छन्, जहाँ एक लाख ८७ हजार ९५२ मतदाता दर्ता छन्। त्यस्तै, मनाङ जिल्लामा सबैभन्दा कम करिब ७ हजार मतदाता मात्र रहेका छन्।
प्रकाशित समय : १४:५५ बजे




















