global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ डिप्रोक्स लघुवित्तद्वारा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन

डिप्रोक्स लघुवित्तद्वारा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन

डिप्रोक्स लघुवित्तद्वारा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो संस्था स्थापना दिवसको अवसरमा २०८१ सालको माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने सदस्यका छोरारछोरीहरुलाई नगद पुरस्कार तथा प्रशंसा–पत्र प्रदान गरेको छ । वित्तीय संस्थाका देशभर रहेका १५८ वटै शाखा कार्यालय मार्फत एकैसाथ सञ्चालन गरिएको यस प्रोत्साहन कार्यक्रम अन्तर्गत शैक्षिक उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।

पुरस्कृत विद्यार्थीहरुले संस्थाको सहयोगले थप हौसला प्राप्त भएको प्रतिक्रिया दिएका छन् । शिक्षा क्षेत्रमा लगानी र प्रोत्साहन गर्र्दै आएको डिप्रोक्स लघुवित्तले विद्यार्थीहरुमा प्रतिस्पर्धात्मक भावना, आत्मविश्वास र अध्ययनप्रतिको लगनशीलता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

शिक्षा, वित्तीय समावेशिता र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउदै आएको डिप्रोक्सले भविष्यमा पनि यस्ता प्रोत्साहनमुलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित समय : १५:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु