global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ प्रधानमन्त्री कार्कीले गरिन राष्ट्रिय सेवा दलको प्रशंसा

प्रधानमन्त्री कार्कीले गरिन राष्ट्रिय सेवा दलको प्रशंसा

प्रधानमन्त्री कार्कीले गरिन राष्ट्रिय सेवा दलको प्रशंसा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सेवा दलले नेपाल सरकारको नीतिअनुरुप हरेक वर्ष क्याडेट छात्र छात्राहरुको संख्या क्रमशः वृद्धि गर्दै दुर्गम र पछाडि परेका स्थानहरुमा समेत तालिम सञ्चालन गरिरहेको बताएकी छन् ।

मंगलबार राष्ट्रिय सेवा दल सिनियर डिभिजन (सि.सं.२०) तालिमको दीक्षान्त कवाज समारोहमा उनले सरकारले यस आर्थिक वर्षमा देशभरका २५७ वटा विद्यालयहरुबाट ७ हजार ७१० जनालाई तालिम प्रदान गरिएको बताइन् ।

उनले भनिन्, ‘राष्ट्रिय सेवा दलले नेपाल सरकारको नीतिअनुरुप हरेक वर्ष क्याडेट छात्र छात्राहरुको संख्या क्रमशः वृद्धि गर्दै दुर्गम र पछाडि परेका स्थानहरुमा समेत तालिम सञ्चालन गरिरहेको छ ।

यस आर्थिक वर्षमा देशभरका २५७ वटा विद्यालयहरुबाट ७ हजार ७१० जनालाई तालिम प्रदान गरिएको छ । जस अन्तरगत सिनियर डिभिजनतर्फ १ हजार ८० जना र जुनियर डिभिजनतर्फ ६ हजार ६३० जना क्याडेट छात्र/छात्राहरु यस वर्ष दीक्षित हुन लागेको जानकारी पाउँदा मलाई थप हर्षित बनाएको छ ।’

यस्तै, उनले हालसम्म करिब ९० हजार युवाहरु एनसीसी तालिम प्राप्त गरी दीक्षित भएको भन्दै यसका लागि नेपाली सेना एवम् राष्ट्रिय सेवा दल परिवारलाई धन्यवाद दिएका छन् ।

आगामी वर्षहरुमा संख्या थप गरी यसलाई अझै विस्तार गर्नको लागि आवश्यक पहल गरिने जानकारी गराउँदै उनले युवा पुस्ताको चौतर्फी विकासमा हरसम्भव सहयोग गर्न सरकार कटिबद्ध रहने बताइन् ।

साथै, उनले तालिमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने नेपाली सेनाका विभिन्न फर्मेसन तथा युनिटहरु, स्थानीय सरकारहरू, विभिन्न विद्यालय तथा शिक्षण संस्थाहरु, प्रधानाध्यापकज्यूहरु, विद्यालय व्यवस्थापन समिति तथा शिक्षकवर्ग, विशेषतः किशोर–किशोरीलाई राष्ट्र र समाजप्रतिको जिम्मेवारी बोधका साथ यस तालिममा स्वःस्फूर्त रुपमा सहभागी गराउने सम्पूर्णलाई धन्यवाद दिएकी छिन् ।

प्रकाशित समय : १३:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु