गृहपृष्ठ भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता गर्न मानव अधिकार आयोगले अनुगमन गर्ने
भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता गर्न मानव अधिकार आयोगले अनुगमन गर्ने
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने अवस्थाको सुनिश्चितता गर्न आयोगले अनुगमन गर्ने बताएका छन् ।
आगामी फागुन २१ गतेको निर्वाचनको सन्दर्भमा मंगलबार ललितपुरमा सञ्चारकर्मीसँग छलफल गर्दै अध्यक्ष मगरले कसैको डर त्रासमा नभइ स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने अवस्थाको सुनिश्चितता गर्न आयोगले अनुगमन गर्ने बताएका हुन् ।
प्रकाशित समय : १४:४२ बजे





















